प्रचण्ड र विप्लवबीच भेटवार्ता

३० असार २०७८, बुधबार १९:१७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफल गरेका छन् ।

छलफलका लागि विप्लव प्रचण्ड निवास खुमलटार पुगेका थिए । उले ओली सरकार रहँदा शान्ति प्रक्रियामा हस्ताक्षर थिए । ओली सरकारको बहिर्गमनसँगै अध्यक्ष प्रचण्डसंग भएको भेटलाई अर्थपूण रुपमा हेरिएको छ ।

सरकार र विप्लव समूहबीच शान्ति प्रक्रियामा आउँदा ३ बुँदे सहमति भएको थियो । सहमतिमा आफ्ना नेता कार्यकर्ता रिहा गर्न सर्त राखिएको थियो ।

तर, अहिलेसम्म विप्लव समूहका नेता कार्यकर्ता रिहा भइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस !