गच्छदारलाई धरौटीमा छाड्न आदेश

३१ असार २०७८, बिहीबार ०९:०१ मा प्रकाशित

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई ललिता निवास जग्गाको भ्रष्टाचार प्रकरणमा १० लाख रुपैयाँ धरौटी तोकिएको छ । बुधबार विशेष अदालतले उक्त प्रकरणमा गच्छदारलाई थुनामा नराखी धरौटीमा छोड्ने निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध उक्त जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस !