विद्यार्थी संगठनको आन्दोलनकै कारण आज देखि लागु हुने गरी पेट्रोलियम पद्धार्थको मूल्यमा १ रुपैयाँले कमी

३१ असार २०७८, बिहीबार ०९:०८ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ झिनो रुपमा घटाएको छ । ५ विद्यार्थी संगठनले लगातार आन्दोलन गरेपछि निगम झुक्न बाध्य भएको हो ।

गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एकरएक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ । निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एकरएक रुपैयाँ घटाइएको निगमको भनाइ छ । तर विज्ञहरुले भने निक्कै सस्तोमा किनिएको इन्धन निगमले महंगोमा बेच्ने गरेको दावी गरेका छन् ।

 

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस !