आज मन्त्रिपरिषद् बैठक बस्दै

३१ असार २०७८, बिहीबार १३:४१ मा प्रकाशित

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछिको दोस्रो मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

आजको बैठकले राष्ट्रपतिलाई संसद बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार एक साताभित्र संसद बैठक बोलाउन आदेश गरेको थियो।

साउन तीन गते ५ बजेभित्र बैठक राख्नु पर्ने भएसँगै सरकारले संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस !