पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

३ श्रावण २०७८, आईतवार ०९:३९ मा प्रकाशित

काठमाडौं । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक आइतबार अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्न लागेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने कार्यसूची छ ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।

प्रतिक्रिया दिनुहोस !