अदालतको फैसलाले ‘क्रोनिक क्यान्सर’ निम्तने खतरा छ : नेकपा एमाले

३ श्रावण २०७८, आईतवार २२:२५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले अघोषितरुपमा संविधान संसोशन गरेको आरोप लगाएको छ ।

दोस्रो पटक पुर्नस्थापित प्रतिनिधि सभा बैठकमा एमालेका तर्फबाट प्रवक्ता प्रदिप ज्ञवालीले आइबतार सदनमा संम्वोधन गर्दै सर्वोच्च अदालतको फैसाला क्षणिकरुपमा कसैलाई फाइदा भएपनि त्यसले दूरगामी प्रभाव पार्ने जिकिर गरेका छन् ।

अदालतको फैसलाबाट अब सांसद दलको नियन्त्रणमा नरहने भन्दै लोकतन्त्रको लागि चिन्ताको विषय भएको उनले जिकिर गरे ।

ज्ञवालीले अदालतको फैसलाले शक्ति सन्तुलनमा गम्भिर असन्तुलन निम्त्याएको दावी गर्दै यसले भविष्यमा क्रोनिक क्यान्सर निम्तने खतरा औंल्याए ।

ओली नेतृत्वको सरकारले ल्याएको कोरोना भ्याक्सिन, लिम्पियाधुरा सहितको नक्सा जारी, भूकम्प पुर्ननिर्माण, सगरमाथाको उचाई लगायत महत्वपूर्ण काममो जनताले संधैभरी सम्झिरहने प्रवक्ता ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस !