प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त, पक्षमा १६५ मत

३ श्रावण २०७८, आईतवार २२:२९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिन सफल भएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पक्षविपक्षमा मत विभाजन हुँदा प्रधानमन्त्री देउवाले संसदबाट विश्वासको मत लिन सफल भएका हुन् । संसदमा तत्काल कायम रहेको २४९ मध्ये उनको पक्षमा १६५ मत परेको छ ।

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा एमाले माधव समूहले मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !