नेपाललाई भेट्न प्रचण्ड र उपेन्द्र यादव कोटेश्वरमा

५ श्रावण २०७८, मंगलवार ०९:४९ मा प्रकाशित

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

आज बिहान नेता नेपाल निवास कोटेश्वर पुगेर प्रचण्ड र यादवले नेपालसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच करिब एक घन्टा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको स्रोतको दाबी छ। अब केही दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस !