प्रचण्डले सितालाई सोधे प्रधानमन्त्री ज्यूलाई चिन्यौ ? देउवाले भने- म शेरबहादुर

५ श्रावण २०७८, मंगलवार २२:४७ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेर भेटेका छन् ।

देउवा प्रचण्ड पत्नि सिताको स्वास्थ्य अवस्था बुझ्न आएको प्रचण्डको सचिवालयले जानकारी दियो । सिता केही समय अघिदेखि विरामी छिन् ।

सितालाई देख्ने बित्तिकै देउवाले नमस्कार गरे । प्रचण्डले सितालाई सोधे- चिन्यौ नि तिमिले । देउवाले भने- म शेरबहादुर । सिताले मधुरो स्वरमा भनिन्- चिनेँ । प्रचण्डले फेरि सितालाई भने- आरजू पनि आउनुहुन्छ तिमिलाई भेट्न । प्रचण्डकी छोरी गंगाले थपिन- आउछु भन्नु भएको छ । सिताको कमजोर स्वास्थ्य अवस्था देखेपछि देउवाले नियालेपछि प्रचण्डले भने- यस्तो भेटघाटपछि उनको मनोबल अलि बढ्दो रहेछ ।

आज बिहान मात्रै देउवा र प्रचण्डबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तार, सरकारको आगामी कार्ययोजनालगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस !