सरकारमा सहभागी मन्त्री टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

६ श्रावण २०७८, बुधबार ११:०४ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादीले जनाएको छ ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउँन सक्ने बताइएको छ । समसामयिक र सांगठनिक बिषयमा छलफल गर्न बैठक बोलाइएको नेताहरुले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको मंगलवारको भेटमा प्रचण्डले साझा कार्यक्रमका साथ सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेका थिए। प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !