कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट

६ श्रावण २०७८, बुधबार ०५:०७ मा प्रकाशित

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । बोर्डको आज बसेको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा गर्ने निर्णय गरेको हो ।

परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस !