एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, महासचिवले जवाफ दिने

६ श्रावण २०७८, बुधबार ०७:१० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज दिउसो ललितपुरमा बस्दैछ ।

 

आजको बैठकमा महासचिव इश्वर पोखरेलले जवाफ दिने कार्यक्रम छ । यसअघि हिजो बसेको बैठकमा प्रदेश अध्यक्षहरुले पार्टी भित्र देखिएको अन्योलतालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका थिए ।

 

बैठकमा पार्टी एकताका लागि गठित कार्यदलले हालसम्म गरेका गतिविधिको सम्बन्धमा संस्थापन पक्षका संयोजक सुभाषचन्द्र नेम्वाङले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस !