गण्डकीमा माओवादीले टुंग्यायो तीन मन्त्रीको नाम, शुक्रबार शपथ

७ श्रावण २०७८, बिहीबार २२:३२ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा मन्त्रीको नाम टुंगो लगाएको छ । बिहीबार माओवादीले गण्डकी प्रदेशमा मन्त्रीको नाम टुंगो लगाएको हो ।

माओवादीबाट अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगरको नाम टुंगो लगाएको छ । यसअघि माओवादीबाट यसअघि मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् ।

शुक्रबार १ बजे मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस !