अमरेश कुमार सिंहलाई कारबाही गर्न, सर्लाहीका १२ नेताहरुको माग

८ श्रावण २०७८, शुक्रबार ०८:५७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संघीय संसद सदस्य अमरेश कुमार सिंहलाई कारबाहीको माग गरिएको छ । गृह जिल्लाकै जनप्रतिनिधि र नेताहरुले उनलाई कारबाही गर्न केन्द्र समक्ष माग गरेका छन् ।

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा बुझाएका सिंहलाई उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग पार्टी सभापति शेरबहादुर देउवा समक्ष माग गरेका हुन् ।

पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न भएको भन्दै सिंहलाई पार्टी विधान बमोजिम कारबाही नभए आफूहरुले नै राजीनामा दिने उनीहरुले चेतावनी दिएका छन् ।

कांग्रेसबाट प्रदेशसभाका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै कारबाहीको माग गरेका हुन् ।

सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता/कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीहरुले पार्टी सभापति ध्यानाकर्षण गराएका छन् ।

अमरेशले पार्टी विरोधी कृयाकलाप गरेको, पार्टीको विधी, विधान, पद्धति र संगठनको निर्णयलाई बेवास्ता गरी अगाडि बढ्न खोजेको, पार्टीका कार्यक्रमहरुमा सहभागी नहुने गरेको उनीमाथि जिल्लाका नेता तथा कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

पटक–पटक संसदीय कोषको रकम हिनामिना गरी पार्टीलाई बदनाम गराएकोलगायत उनीमाथि आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६