आज एउटै मञ्‍चबाट सम्बोधन गर्दै प्रचण्ड, नेपाल, वैद्य र चन्‍द, ओलीले पाएनन् निम्‍तो

८ श्रावण २०७८, शुक्रबार १०:०७ मा प्रकाशित

काठमाडौँ । आज कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले एउटै मञ्‍चबाट सम्बोधन गर्दैछन् । पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरू एउटै मञ्‍चबाट सम्बोधन गर्न लागेका हुन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचनसहित श्रद्धान्जली कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीसमेत सहभागी हुनेछन् ।

लामो समयपछि कम्युनिस्ट नेताहरू यसरी एउटै मञ्‍चबाट सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्‍तो नदिइएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६