लुम्बिनीमा माओवादी र कांग्रेसबीच ८-८ महिना सरकारको नेतृत्व गर्ने सहमति

२५ श्रावण २०७८, सोमबार २३:०४ मा प्रकाशित

नयाँ सरकार गठनको प्रयास गरिरहेका लुम्बिनी प्रदेशका विपक्षी गठवन्धन सरकारमा जाने कसरतमा लागेका छन् । साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन बोलाइएपछि नयाँ सरकारकाे गठनका लागि छलफल तिव्र भएकाे हाे ।

यसैबीच सरकारकाे मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने समझदारी भएको छ ।विपक्षी गठबन्धनका सांसदले तर मुख्यमन्त्रीले विश्वासको मत पाउने वा नपाउने टुंगो नलाग्दै विपक्षी गठबन्धनका दलहरुबीच सत्ता साझेदारीबीच सहमति भएको हो । यद्यपि हालसम्म लिखित सहमति भने भएको छैन ।

साउन २७ गते अविश्वास प्रस्तावमाथि छलफलका लागि बोलाइएको विशेष अधिवेशन नजिकिँदै गर्दा विपक्षी गठबन्धनका सांसदलाई कपिलवस्तुको बाणगंगास्थित राजापानी थारु भिलेज रिसोर्टमा राखिएको छ । १६ महिनाकाे नयाँ सरकारमा पहिलो ८ महिना माओवादी केन्द्रका कूलप्रसाद केसीले र नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सम्भावना देखिएकाे छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक फखरुद्दिन खानले भने वर्तमान सरकार विस्थापित भएपछि मात्रै सत्ता साझेदारीबारे छलफल हुने बताए । साउन २७ गते अविश्वास प्रस्तावमाथि छलफलका लागि बोलाइएको विशेष अधिवेशन नजिकिँदै गर्दा विपक्षी गठबन्धनका सांसदलाई रिसोर्टमा राखिएको छ । विशेष अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न विपक्षी चार दल कांग्रेस, माओवादी केन्द्र,जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुबीच छलफल हुने कार्यक्रम रहेको सांसद बरालले बताए ।

८० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीको दल एमालेका ३८ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन पक्षमा ४१ मत चाहिन्छ । विपक्षी गठबन्धनमा रहेका दल नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६