एमालेलाई लुम्बिनी प्रदेश सभा सचिवालयको जवाफी पत्र : सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन

६ भाद्र २०७८, आईतवार १५:५७ मा प्रकाशित

काठमाडौं । लुम्बिनी प्रदेशसभामा एमालेलेबाट निष्कासित दुई सांसद अजय शाही र विमलाकुमारी खत्रीलाई पदमुक्त गर्न नमिल्ने संसद सचिवालयले जनएको छ ।

सचिवालयले नेकपा एमालेलाई पत्रचार गर्दै एमालेबाट निष्कासन कारवाहीमा परेका सांसद द्वय शाही र वलीलाई कारवाही गर्न नमिल्ने उल्लेख गरेको छ । एमालेले संसदीय दलको ह्वीप उल्लंघन गरेको आरोपमा सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र पेश गरेको थियो ।

प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोरा उल्लेख गरेको छ । उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफु एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले प्रमाणि गरेको पत्रमा स्पष्ट उल्लेख छ ।

आफ्ना दुई सांसदलाई पदमुक्त भएको सूचना टाँस नगरेसम्म संसद चल्लन नदिने एमालेले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६