पोर्चुगलको सहज जित

२३ भाद्र २०७८, बुधबार ०९:४५ मा प्रकाशित

काठमाडौं । पोर्चुगलले विश्वकपको युरोपेली छनोटमा सहज जित निकालेको छ । मंगलबार राति पोर्चुगलले अजरवैजानलाई ३–० ले हराएको हो ।

अजरवैजानको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन बर्नान्डो शिल्भा, आन्द्रे शिल्भा र डियागो जोटाले एक–एक गोल गरे ।

बर्नार्डो सिल्भाले खेलको २६ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३१औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

७५ औं मिनेटमा जोटाले गोल गर्दै पोर्चुगललाई ३–० गोलको जित दिलाए । जितसँगै समूह ‘ए’मा रहेको पोर्चुगलले ५ खेलबाट १३ अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको सर्बियाको ११ अंक छ । पराजित अजरवैजान १ अंकसहित समूहको अन्तिममा छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६