एमाले स्थायी कमिटी बैठक सुरु

२६ भाद्र २०७८, शनिबार ०९:१८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक सुरु भएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिए।

एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस !