९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा ३५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।मन्त्रालयका अनुसार हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन्।

जसमध्ये २५ हजार ७०८ जना होम आइसोलेसनमा, १६४७ जना संस्थागत आइासोसलमा छन् ।

प्रतिक्रिया दिनुहोस !