असोज ४ गतेदेखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने

३ आश्विन २०७८, आईतवार ०९:४९ मा प्रकाशित

सरकारले असोज ४ गतेदेखि असोज १४ गतेसम्म कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ। दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म दिइनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समूहलाई जिल्ला अनुसार दिने योजना बनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।

काभ्रे र चितवनका ३५ वर्ष माथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।

प्रतिक्रिया दिनुहोस !